सल्यानमा पानीको कुवामा मृत अबस्थामा एक पुरुषको शव फेला

सल्यान ४, भदौँ ।
सल्यानको कजेरीमा पानीको कुवामा मृत अबस्थामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको शारदा नगरपालिका ७ कजेरी बोरीखोला निवासी ५० बर्षिय मोतीलाल रकालको पानीको कुवामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घरबाट बहिनीको घर गएका उनको बहिनीको घर नजिकैँ आज बिहान पानीको कुवामा घोप्टो परेको अबस्थामा शव भेटिएको प्रहरीको भनाई छ । घटना गएराती नै भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस