सल्यान ४, भदौँ ।
सल्यान सल्लिवजार देखि रुकुम चौरजहारी सडकखण्ड वर्षातका कारण छेदविच्छेद वनेको छ । सल्यान र रुकुम पश्चिमका स्थानीय यतिखेर सडकमा गाडि गुड्न नसक्ने भएपछि पैदल हिड्न बाध्य भएका छन् । सडक बनेको करिव १५ वर्ष विति सक्यो । स्तरवृद्धिको नाममा करोडौं रकम समेत वर्षेनि खर्चिन्छ । तर सडकमा वर्षायाममा गाडि गुड्न सक्ने अबस्था हुदैन् ।
उक्त सडक खण्डको बनगाड खोला र स्यानिपिप्ली मर्म खोलामा समेत पुल नहुदा सडकको जिर्णतासँगै थप समस्या रहेको छ । बनगाड खोलामा बन्दै गरेको पक्की पुलको काममा ढिलाइ र स्यानिपिप्लीमा पुल नहुदा खोला वढेपछि प्रायः आवतजावत ठप्प नै रहने गरेको स्थानीय नेत्र थापाको दुखेसो छ । अविलल वर्षाले यस सडकको धेरै ठाउँमा क्षती गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको केही क्षेत्र र कुमाख गाउँपालिका खारखोला आसपासमा पैदल समेत हिडुल गर्न नमिल्ने गरि सडक ठाउँ ठाउँमा पहिरो वेस नै सकिएको अर्का स्थानीय खड्क आचार्यको भनाइ छ । अहिले कोरोनाको कारण देखाउदै सडकको पिच वनाउने कार्य च्युरा वजारसम्मको काम ठप्प छ । सल्लिवजार देखि त्रिवेणि वजार सम्म परेको पिचको काम ४ वर्ष वित्न सुरु भयो अझै लथालिङ्ग अवस्था छ ।
यो सँगै चौथो व्यक्तिले कामको जिम्मेवारी पाएपनि काम समयमै सम्पन्न हुनेमा पुनः आशंका उब्जिएको छ । दुई दशक वित्न थाल्यो तर सडकको स्वरुप भने पहिले भन्दा अहिले झन् जिर्ण बन्दै जान थालेको छ ।