सल्यानको लक्ष्मीपुरका एक जनामा कोरोना पुष्टिः संक्रमितको संख्या २ सय ८० पुग्यो

सल्यान ५, भदौँ ।
सल्यानका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको कालीमाटी गाउपालिका वडा नम्बर १ लक्ष्मीपुरका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८० पुगेको छ । यस्तै अहिले सम्म २ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

समुदायस्तरमा गरिएको परिक्षणमा कपुरकोटका अध्यक्ष सहित ८२ जनाकै रिपोर्ट नेगेटिभ
गाउंपालिका अध्यक्ष सहित सल्यानको कपुरकोटमा समुदायस्तरमा गरिएको पिसिआर परिक्षणमा कसैलाइ पनि कोरोना संक्रमण भेटिएन । कपुरकोट स्थित एक कार्यालयका कर्मचारिमा संक्रमण पुष्टि भएपछी समुदाय स्तरमा नै स्वाब संकलन गरेर पिसिआर बिधिबाट कोरोना भाइरस परिक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराही दांगमा गरिएको परिक्षणमा कपुरकोट गाउंपालिका अध्यक्ष भिम बहादुर सेन सहित सबै ८२ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस