फाइल फोटो
सल्यान ५, भदौँ ।
हरेक बर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज । कोरोना भाइरसको कारण यस वर्षको तीज खल्लो भएको छ । कोरोना कै कारण यस बर्ष सल्यान सुनसान बनेको छ । बिगतका बर्षहरुमा सार्वजनिक स्थल तथा मन्दिरहरु हिन्दु नेपाली नारीहरु जमघट हुने र पिङ खेल्दै नाचगान गरेर मनाउने गर्दथेँ ।
तर यस बर्ष सुनसान बनेको छ । खास गरेर तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । कोरोना महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले धार्मिक स्थल बन्द गरेको छ भने स्वास्थ्यकर्मी र डाक्टरले पनि मन्दिर नजान सुझाव दिएका छन् । सरकारको निर्देशनअनुसार महिलाले जमघट नगरी घरमै तीज मनाइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानको निर्देशनमा तीजको दिनमा पनि सल्यान सुनसान बनेको छ । हाम्रा संबाददाताहरुका अनुसार जिल्लाका कुनै पनि क्षेत्रमा महिलाहरु जमघट हुने, नाचगान गर्ने कार्य पूर्णरुपमा बन्द गरिएको छ ।
सहकर्मी दुुर्गा बिसीका अुनसार सल्यानको पश्चिमी क्षेत्र सुनसान वनेको छ । त्यहाँ सार्वजनिक रुपमा नाचगान गर्ने लगाएतका कुनै पनि कार्य भएका छैन्न् । यस्तै सहकर्मी बामदेव केसीका अनुसार कोरोना भाइरसका कारण यस बर्षको तीजमा बागचौर क्षेत्र पनि सुनसान बनेको छ ।
जिल्लाभरका महिलाहरुले यस बर्षको तीजमा सार्वजनिक रुपमा कार्यक्रममा तथा नाचगान नगरी घरमा नै नाचगान तथा घरपरिवार बसेर तीज मनाइ रहेका छन् ।