सल्यान ७, भदौँ ।
सल्यानका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा सल्यानका १ सय ६० जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएको छ । प्रतिष्ठानका अनुसार संक्रमित हुनेमा जिल्लाको बागचौर नगरपालिका वडा नम्वर २ का क्रमशः १२, २६, ३५, ४२, ६० वर्षका जना महिला सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सिद्धकुमाख गाउँपालिका १ का ३४ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ८६ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । अहिलेसम्म २ सय ५१ जना निको भएर घर फर्किएका छन् ।