सल्यान ८, भदौँ ।
चार दिन अघि परेको अविरल वर्षाका कारण सल्यान पश्चिममा ठुलो धनजनको क्षती भएको छ । बाढीपहिरोका कारण केही घर भत्किएका छन् भने दर्जन बढी घर जोखिममा रहेका छन् । यस्तै बाढीमा परेर एक जना बेपत्ता भएका छन् भने उनको अझै खोजी कार्य चलिरहेको छ । यस्तै सयौँ बिघाहा खेतीयोग्ज जमिन कटान गरेको छ ।
बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ गर्छे सिस्नेपातलमा प्रसुराम वुढाको घर वगाएको छ । मानविय क्षती नभएपनि पशुचौपाय र धनमालको क्षती भएको छ । वुढाको परिवार अहिले माइतीको घरमा बस्न बाध्य भएको छ ।
झ्याउ खोलाका कारण गर्चे वजार, लाँखर जोडिएको स्थानीय सडकका कारण मैनेनी गाउँ, स्थानीय सडककै कारण बीउ¥यानी गाउँ समेत पहिरोको उच्च जोखिममा परेको छ । यस्तै वडा नम्बर ५ को मैनेनी, लाखरका केही स्थानीयको घरहरु समेत उच्च जोखिममा परेका छन् । यस्तै वडा नम्बर ५ को लाँखर, कारागाउँ, त्रिभुवन जनता मावि शंखपिपल, शंखपिपल वजार, वडा नम्बर १ देवस्थल र माल्पे जिउलाको खानेपानीको मुहानसँगै पाइपहरु वगाएको छ । बाढी नै पसेर सल्लिवजारको गैलीवजारमा रहेको मनि फर्निचर उद्योगको घरसँगै काष्ठ उद्योगमा क्षती गरेको छ ।
यस क्षेत्रमा बाढीपहिरोका कारण लाखौँको क्षती भएपनि राज्य पक्षबाट बेवास्ता गरिएको पिडित परिवारको गुणासो छ । यस्तो बिपत्तीमा समेत सरकारले नागरिकको पिडा बुझ्ने काम नगरेको स्थानिय इन्द्र बिसीले गुणासो गर्नुभयो । स्थानिय नागरिकले पाएको बिपत्तीमा समेत स्थानिय सरकार बेखवर वनेको भनाई छ ।