राहत सामाग्री सहित सल्यानको बन्गाडका बाढीपहिरो पिडितलाई भेट्दै मन्त्री ज्वाला


सल्यान ८, भदौँ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका बाढीपहिरो पिडितलाई भेट्नुभएको छ । सोमबार आज बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ का पिडित प्रसुराम बुढा र हिरा बुढालाई भेटेर मन्त्री ज्वालाले राहत हस्तान्तरण गर्नुभएको हो ।

केहीदिन अघि आएको बाढीपहिरोले यहाँका केही घरमा पूर्णरुपले क्षती भएको थियो भने केही घर जोखिममा रहेका छन् । पिडित परिवारलाई राहत हस्तान्तरण गर्दै मन्त्री ज्वालाले बाढीपहिरो पिडितको समस्या दिगो हुने गरी समाधान गर्ने बताउनुभएको छ । बाढीपहिरोका कारण नागरिकको बिचल्ली भएको बताउदैँ उहाँले बन्गाड खोलामा तटबन्ध निर्माण गरी दिगो रुपमा समाधान गरिने उहाँको भनाई छ । सरकार जनताको साथमा रहेको बताउदैँ उहाँले बिपत्तीको समयमा हुने उद्धार, ब्यबस्थापन तथा पर्नस्थापनाका लागी आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

यस्तै मूख्यमन्त्रीका राजनितिक सल्लाहकार भिमप्रकाश शर्माले प्रदेश सरकारले छिटै नै पिडित परिवारको पुर्नस्थापनाका लागी पहल गर्ने बताउनुभयो । बन्गाड लगाएतका खोलामा आएको बाढीका कारण करिब २ सय ५० घरपरिवारको एक सय बिघाहा बढी खेतीयोग्य जमिन कटान भएको छ ।

सो अबशरमा नेकपाका नगर कमिटी अध्यक्ष किर्तिवहादुर राना, सचिव गञ्जमान वुढा, नेकपा जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, दुर्गा वुढाथोकी, गणेश विसी लगाएतको सहभागीता रहेको राहत बितरण कार्यक्रमको सहजीकरण बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोमत रोकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस