सल्यान ८, भदौँ ।
नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानले बाढिपहिरो पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । बाढीपहिरोका कारण घर उच्च जोखिम तथा जोखिममा रहेका घर परिवारहरुलाई राहत स्वरुप जिन्सी सामाग्री हस्तान्तरण गरिएको हो । यसैक्रममा जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर २ दहखोला, बुरासेँका बाढीपहिरो पिडित ३७ घरपरिवारलाइ राहत वितरण गरिएको हो ।
जसमा अती जोखिममा रहेका ४ घरपरिवार र जोखिममा रहेका ३३ घरपरिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानका स्टोर किपर बिरेन्द्र कुमार राईले जानकारी दिनुभयो । रेडक्रस सोशाइटी जिल्ला शाखाको सहयोग र उपशाखा लेखपोखराको समन्वयमा राहत वितरण गरिएको उपशाखा सभापती गोबिन्द केसीले जानकारी दिनुभयो । राहत सामाग्रीमा त्रिपाल, लत्ताकपडा, भाँडाकुडा लगाएतका रहेका छन् ।
यसैबिच जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका वाढीपहिरो पिडितलाई पनि नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानले राहत सामग्री हस्तान्तरण गरेको छ । त्रिपाल, लत्ताकपडा, भाँडाकुडा र घरायसी आवश्यक सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोशाइटीका कर्णाली प्रदेश सदस्य गणेश विसी, सल्लिवजार शाखा सभापति पुष्कर विसी, सचिव टेकबहादुर पुनले सो सामग्री पिडित प्रसुराम वुढा र इन्द्रा वुढालाई हस्तान्तरण गर्नु भएको छ ।