सल्यानमा एक बर्षमा ५० किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण

सल्यान ९, भदौँ ।

सल्यानमा एक बर्षको अबधिमा ५० किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय मार्फत सल्यानमा गत आर्थिक बर्षमा ५० किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरिएको हो । यस्तै यस अबधिमा सल्यानमा ५ किलोमिटर सडक स्तरोन्नति गरिएको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम, जनता सडक कार्यक्रम लगाएतका कार्यक्रम कार्यान्वयन गरेको थियो । यस अबधिमा कर्णाली प्रदेशभर ३ सय ८१ किलोमिटर नयाँ सडक निर्माण गरिएको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता गोपाल शर्माले जानकारी दिनुभयो । यस्तै सोही अवधिमा प्रदेशभर १ सय ५६ किलोमिटर सडकको स्तरोन्तति गरिएको छ । सो अवधिमा ४९ किलोमिटर सडकको ग्राभेल गरिएको छ । मन्त्रालयले विभिन्न जल्लामा १६ पटा पक्की पुल र २७ किलोमिटर नालीसमेत निर्माण गरेको जनाएको छ ।

कर्णाली प्रदेशका दश जिल्लामध्ये प्रदेश सरकारले दैलेख र रुकुम पश्चिममा गत आर्थिक बर्षमा सबैभन्दा बढी अर्थात् ७३÷७३ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । यस्तै जाजरकोटमा ५० किलोमिटर, जुम्लामा ४५ किलोमिटर, सुर्खेतमा २५ किलोमिटर, हुम्लामा साढे १४ किलोमिटर, कालीकोटमा १४ किलोमिटर र दैलेखमा साढे २ किलोमिटर सडकको ट्र्याक खोलिएको शर्माले जानकारी दिनुभयो ।

यस्तै सुर्खेतमा १ सय १० किलोमिटर, कालीकोटमा २९ किलोमिटर, जुम्लामा ६ किलोमिटर, सल्यानमा ५ किलोमिटर तथा जाजरकोट र मुगुमा समान ३ किलोमिटर गरी प्रदेशभर कुल १ सय ५६ किलोमिटर सडक स्तरोन्नति गरिएको छ । साथै रुकुमपश्चिममा २६ किलोमिटर, सुर्खेतमा १२, सल्यानमा ७ किलोमिटर, दैलेखमा साढे २ किलोमिटर र जुम्लामा साढे १ किलोमिटर गरी कुल ४९ किलोमिटर सडक ग्राभेल गरिएको छ । सुर्खेतमा ७२० मिटर र रुकुम पश्चिममा सवा किलोमिटर गरी कुल पौने २ किलोमिटर सडक कालोपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित