सल्यानको छत्रेश्वरी गाउपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

सल्यान ९, भदौँ ।
सल्यानका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा जिल्लाको छत्रेश्वरी गाउपाालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा छत्रेश्वरी गाउपालिका वडा नम्बर २ का २४ बर्षिय र वडा नम्बर ७ का २० बर्षिय पुरुष रहेको छत्रेश्वरी गाउपालिकाले जनाएको छ ।

भारतबाट फर्किएका उनीहरुमा कोरोना संक्रमण देखिएको गाउपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । उनीहरुलाई गाउपालिकाको भोटेचौर स्थित निर्माण गरिएको आइसोलेसनमा राखिएको छ ।

यससँगै अहिले सम्म जिल्लाका २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यस्तै मंगलबार नै जिल्लाका २ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जसमा जिल्लाको कालीमाटी गाउपालिकाका २ जना पुरुष रहेका छन् । यस सँगै जिल्लामा कोरोनालाई जितेर घर फर्किनेको संख्या २ सय ५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस