सल्यान भित्रिने सबैलाई पिसिआर रिपोर्ट अनिवार्य

सल्यान १०, भदौँ ।
सल्यान जिल्लामा भित्रिने सबैलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । नागरिहरुको आवातजावत हुदा कोरोना भाइरसको संक्रमण फैलने डर बढी हुने भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले अब जिल्लामा प्रवेश गर्ने सबैलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको हो । कर्णाली प्रदेश भित्रिने मूख्य नाकामा सल्यानको कपुरकोट र कालीमाटी नाका पनि पर्दछन् ।

दुवै नाकाबाट जिल्ला प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको निर्णय वमोजिम जिल्ला भित्रिने सबैलाई पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको हुनुपर्ने उहाँको भनाई छ । उहाँका अनुसार पछिल्लो तीन दिन भित्रमा पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई मात्रै जिल्ला प्रवेशमा अनुमती प्रदान गरिएको छ ।

‘जिल्लामा कोरोना भाइरसको संक्रमण फैलनेँ सक्ने भएकाले अन्य प्रदेशबाट जिल्ला भित्रिने सबैको पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्दछ, उद्धार गरिएको ब्यक्तिहरुको हकमा उनीहरुलाई सिधैँ क्वारेन्टाइनमा राखिने भएकाले समस्या हुदैँन्, तर ब्यक्तिगत काम वा अन्य कुनै कामको लागी जिल्ला भित्रिने सबैलाई पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य हुनु पर्छ’ उहाँले भन्नुभयो । अहिले जिल्ला भित्रिने सबै नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस