सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुग्यो : आज दार्मामा २ जना थपिए

सल्यान १२ भदौँ ।
सल्यानको दार्मा गाउपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौरजहारी नगरपालिका, पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको पिसिआर परिक्षणमा आज दार्मा गाउपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा दार्मा गाउपालिका वडा नम्बर २ का ४ र २४ बर्षिय पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ । यस्तै अहिले सम्म २ सय ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित