राष्ट्रिय यूवा संघ नेपाल छत्रेश्वरी गाउँ कमिटी – १ को संयोजकमा मल्ल

सल्यान १३, भदौँ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृसंगठन राष्ट्रिय यूवा संघ नेपाल, सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर १ मा वडास्तरीय कमिटी गठन गरिएको छ । शुक्रवार छत्रेश्वरी गाउपालिका वडा नम्बर १ मा नेकपाको वडा कमिटीले आयोजना गरेको यूवा भेलाले राष्ट्रिय यूवा संघ नेपाल वडा कमिटी गठन गरिएको हो । जसमा दिपक मल्लको संयोजकत्वमा ३९ सदस्यीय राष्ट्रिय यूवा संघ नेपाल, वडा कमिटी गठन गरिएको छ ।

नेकपाका वडा कमिटी अध्यक्ष टिकाराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा छत्रेश्वरी गाँउ कमिटीका अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य खड्क आचार्यको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपाका गाँउ कमिटी सचिब प्रेम बहादुर खडका, जिल्ला कमिटी सदस्यहरु नियम बहादुर नेपाली, हिमाल यात्री, मोहन बुढाथोकी लगाएतकाले बोल्नु भएको थियो ।

यस्तै कार्यक्रममा राष्ट्रिय यूवा संघ नेपालका धिरज रावत, बिष्णु चन्द, न्यूटन श्रेष्ठ, हार्दिक मल्ल, सन्तोष बिष्ट लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टीलाई बलियो र सदृढ बनाउन यूवाहरुको साथ आबश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय यूवा संघ नेपालका खड्क शाहीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस