सल्यान १४, भदौँ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ को निगालचुला चौर सुर्खेत देखी सडक सञ्जालले जोडिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर ३ को धारपानी, टिमुरे, हिले हुदै निगालचुला चौर सम्म सडक जोडिएको हो । सुर्खेत क्षेत्र नम्बर १ का संघीय सांसद धुर्व कुमार शाहीको पहल र निर्वाचन क्षेत्र विकास कोषको आर्थिक सहयोगमा सो सडक निर्माण भएको हो ।
करिव १ करोड हाराहारीमा २० किमी सडकको ट्रयाक खोल्ने काम भएको छ । उक्त क्षेत्रबाट प्रदेश राजधानी सुर्खेत जान सजिलो र छोटो हुने जनाएको छ । शाहीले स्थानीयहरु सहित सडकको अनुगमन गर्नु भएको छ । निगालचुला चौरमा पुगेर सडकको स्तरोन्नतीको लागी पुनः वजेट विनियोजन गर्ने वाचा गर्नु भएको छ ।
सडक अनुगमनकै लागि सांसद शाही आफ्नो क्षेत्र हुदै निगालचुला पुग्नु भएको थियोे । यसैबिच निगालचुलामा शाहीलाई वडाअध्यक्ष गोविन्द डाँगी लगाएतका स्थानीयले स्वागत गर्नुभएको छ ।