५ वटा घर भएका छत्रेश्वरी गाउपालिका अध्यक्ष केसीको बैँक लौन ७ करोड

सल्यान १४, भदौँ ।
सल्यानको छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गर्नुभएको छ । आइतवार सल्यान खलंगामा पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो र परिवारको सम्पत्ती वितरण सार्वजनिक गर्नुभएको हो ।

जसअनुसार सम्पत्तीको नाममा ५ वटा घर रहेका छन् । सल्यानको श्रीनगरमा २ वटा, लान्तीमा १ वटा, दाङको तुलसीपुरमा १ वटा र काठमाण्डौँमा १ वटा गरेर ५ वटा घर रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । यस्तै श्रीनगर र लान्तिमा गरेर २ वटा घडेरी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै सल्यानको फलावाङ, छायाक्षेत्र र साँकोटमा गरेर २४ रोपनी बढी जग्गा जमिन तथा दाङमा ११ कठ्ठा खेत रहेको उहाँले जानकारी दिनुभयो । बिभिन्न ब्यबसायमा जोडिएका केसीले आफुसँग झण्डै २५ तोला सुन भएको जानकारी दिनुभयो । यी सबै सम्पत्ती आफ्नो, आमा अम्बिका कुमारी केसी, श्रीमती चाँदनी केसी शाह र भाइ सुदन केसीमा नाममा रहेको अध्यक्ष केसीको भनाई छ ।

अहिले बैँक लौन ७ करोड ९५ लाख रुपैँया रहेको केसीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित