१३ औँ पुस्तकालय दिवशका अबशरमा सल्यानमा भर्चुअल कथावाचन

सल्यान १५, भदौँ ।
१३ औँ पुस्तकालय दिवशको अबशरमा सल्यानमा भर्चुअल कथावाचन प्रतियोगिता सम्पन्न भएको छ । रुम टु रिड, पढ्नको लागी कोठा र दलित बिकास समाज सल्यानको आयोजनामा शिक्षक, बिद्यार्थी र अभिभावकहरुको सहभागितामा भर्चुअल कथावाचन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा दर्जनौँ शिक्षक, बिद्यार्थी तथा अभिभावकहरु सहभागिता भएका छन् ।

जसमा शिक्षक, बिद्यार्थी र अभिभावक गरेर ९ जनालाई उत्कृष्ट छनोट गरिएको साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार भर्चुअल कथावाचन प्रतियोगितामा बिद्यार्थी तर्फ शारदा प्राथामिक बिद्यालय चैवाङमा अध्ययनरत श्रवानी बुढाथोकी, कृष्ण माद्यामिक बिद्यालय पोखरीडाँडामा अध्ययनरत प्रमिला केसी र सरस्वती आधारभूत बिद्यालय सिरुवालीमा अध्ययनरत प्रतिभा रानी बोहरा उत्कृष्ट तीनमा पर्नुभएको छ ।

यस्तै अभिभावक तर्फ खगेन्द्र प्राथामिक बिद्यालय राणागाँउका अस्मिता योगी, सरस्वती आधारभूत बिद्यालय रानीपोखरीका डिल्ली बस्नेत र खगेन्द्र प्राथामिक बिद्यालय राणागाँउका अभिभावक सिता योगी पनि उत्कृष्ट तीनमा पर्नुभएको छ । यस्तै शिक्षक तर्फ शारदा प्राथामिक बिद्यालय चैवाङका पुष्पा बुुढाथोकी, बिरेन्द्र माद्यामिक बिद्यालय गर्पाका सिर्जना राना र खगेन्द्र प्राथामिक बिद्यालय राणागाँउका लक्ष्मी वली पनि उत्कृष्ट तीनमा पर्नुभएको छ ।

शिक्षक, बिद्यार्थी र अभिभावकबाट उत्कृष्ट सबै ९ जनालाई नै पुरस्कारको ब्यबस्था गरिएको उहाँको भनाई छ । साथै उत्कृष्ट ९ जनाले वाचन गरेका कथाहरु रेडियो राप्तीबाट प्रशारण हुदैँ आएको रेडियो स्कुल कार्यक्रमको आजको अंकमा प्रशारण गरिएको छ ।

यसैबिच सल्यान जिल्लाभर १३ औँ पुस्तकालय दिवश मनाईएको छ । विगतका बर्षमा बृहत कार्यक्रमको आयोजना गरेर दिवश मनाए पनि यस बर्ष भने कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बिद्यालयमा नै कार्यक्रमको आयोजना गरेर दिवश मनाइएको हो । समाज रुपान्तरणको लागी पुस्तकालय भन्ने मुल नाराका साथ जिल्लाका बिभिन्न बिद्यालयहरुले शिक्षक, अभिभावक र बिद्यार्थीहरुको सिमित उपस्थितीका माझमा पुस्तकालय दिवश बनाएका हुन् ।

कोरोनाका कारण यस बर्ष औपचारिक कार्यक्रम नभएपनि शिक्षक, बिद्यार्थी तथा अभिभावकहरुले सामुहिक रुपमा पुस्तक पढेर पुस्तकालय दिवश मनाइएको सिर्जनशिल प्राथामिक बिद्यालय शारदा नगरपालिका १३ लेकटाकुराका शिक्षिका मिना गिरीले जानकारी दिनुभयो । बिद्यार्थी तथा अभिभावकहरुमा पढ्ने बानीको बिकास गर्ने उद्धेश्यले शिक्षक, बिद्यार्थीह तथा अभिभावकहरुको सिमित उपस्थितीमा आफुलाई मन पर्ने पुस्तक पढेर दिवश मनाएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस