नेपाली काँग्रेसबाट निर्वाचित वडासदस्य सहित १ सय ३ जना नेकपा प्रवेश

सल्यान १६, भदौँ ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य आइती लुहारसँगै १ सय ३ जनाले नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका छन् । संघीय सांसद धुर्ब कुमार शाही र प्रदेश सांसद ठम्मर विष्टले नवप्रवेशीलाइ स्वागत गर्नु भएको छ हो । सिम्ता गाउँ कमिटीको वडा नम्वर ६ मा भएको नेकपाको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सोमवार भारी संख्यामा नेपाली कांग्रेस छाड्नेको लहर लागेको थियोे ।

नवप्रवेशीहरुले देशमा ७ दशक बढी नेपाली कांग्रेस सत्तामा भएपनि नागरिकका आधारभुत आवश्यकता प्रती व्यवास्ता गरेको आरोप लगाएका थिए । सो पार्टी प्रति वितृष्णा वढेको प्रवेशिहरुको भनाइ थियोे । कार्यक्रमका प्रमुख अतिथि शाहीले अब नेपाली जनताको आधारभुत आवश्यकता नेकपाले मात्रै पुरा गर्ने ठोकुवा गर्नु भएको छ । देशमा नेकपा विरुद्ध जतिसुकै गलत प्रचारप्रसार गरेपनि केही नहुने र सधै सत्यको पक्षमा मात्रै काम भइरहेको उहाँको भनाई छ ।

नेकपा विरुद्ध जति नै कुप्रचार हल्ला फिजाए पनि कुनै तुक नलागेको अर्को कार्यक्रमका विशेष अतिथि विष्टको भनाइ थियोे । थुप्रै नेपाली कांग्रेस पार्टीबाट नेकपा प्रवेश गरिरहेका नवआगुन्तकलाइ सहि ढंगले व्यवस्थापन गर्ने उहाँको भनाई छ । कार्यकर्ता भेटघाट कार्यक्रम जिल्ला कमिटी सदस्य नेत्र महतारा, गणेश विक, गाउँ कमिटी अध्यक्ष कविन्द्र कुमार केसी, सचिव झुववहादुर वुढाले धारणा राख्नु भएको थियोे ।

वडा नंम्बर ६ को ठिग्नि टोलबाट ईश्वर वुढाको नेतृत्वमा १५ जना, गजौड टोलबाट ईख टमाटाको नेतृत्वमा ६४ जना, लिसि डाँडाबाट वडा सदस्य आइती लुहारको टिम सहित १२ जना र काप्रीचौरबाट प्रेम विकको नेतृत्वमा १२ गरि १ सय ३ जनाले नेकपा पार्टी सदस्यता लिएको सचिव झुव वहादुर वुढाले जानकारी दिनु भएको छ ।

वडा कमिटी अध्यक्ष ललित सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मोतिराम विकले गर्नुभएको थियोे । सो अबशरमा कार्यक्रममा सहभागीहरुलाई मास्क र सेन्टराइजर वितरण गरिएको थियोे ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित