सल्यानमा जुवा खेल्ने क्रममा बिबाद भएपछि छुरा प्रहार : घाईतेको उपचार हुदैँ

सल्यान १६, भदौँ ।
सल्यानमा जुवा खेल्ने क्रममा बिबाद भएपछि छुरा प्रहार भएको छ । जिल्लाको शारदा नगरपालिका ९, बागचौर कुइरिया खालीमा गएराती ११ वजे तीर जुवा खेल्ने क्रममा बिबाद भएपछि स्थानिय ६२ बर्षिय पुर्ण बहादुर थापालाई ६५ बर्षिय जय बहादुर महन्तले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जुवा खेल्ने क्रममा पैसाका बिषयमा बिबाद हुदाँ जय बहादुरले नजिकैको घरबाट छुरा ल्याएर प्रहार गरेका थिए । छुरा प्रहारबाट पूर्ण बहादुरको डाढमा गहिरो चोट लागेको छ । उनको सल्यान जिल्ला अस्पतालमा उपचार भैरहेको छ । छुरा प्रहार गर्ने जय बहादुरलाई पक्राउ गरिएको र आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस