बन्गाडको बाढी प्रभावित क्षेत्रमा सांसद शाह

सल्यान १६, भदौँ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको बनगाड खोलामा आएको वाढीले पुर्याएको क्षतीको अवस्था वुझ्न प्रदेश सांसद गुलावजंग शाह वाढी प्रभावित क्षेत्रमा पुग्नु भएको छ । गत भदौँ ३ गते आएको बनगाड खोलाको वाढीले सयौं विघाहा जमिन, दुई स्थानीयको घर र पक्कि पुल निर्माण कार्यमा संलग्न एक जनालाई वगाएको थियोे ।

सांसद शाहले पिडित दुई घर परिवारलाई खाद्यान्न राहत सामग्री दिदै जिल्ला, नगर र प्रदेश सरकारबाट दिलाउने राहतका विषयमा पहल गर्ने जनाउनु भएको छ । बनगाड खोलामा गुरुयोजना वनाइ तटबन्धको काम आफ्नै पालामा सुरुवात हुने जनाउँदै बनगाडी जनताको खाने गाँस वाढीले कटानपटान गरेकोमा दुख व्यक्त गर्नु भयो ।

प्रकृतिसँग कसैको केही उपाय चल्दैन त्यसैले समुदायस्तरमा एकलाइ दुख पर्दा अर्कोले सरसहयोग गर्नुपर्ने उहाँको भनाई छ । यस्तै बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले गर्छे खोला देखि भेरि किनारसम्मको खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन गर्ने जनाउनु भएको छ ।

वाढीपिडितलाइ खाद्यान्न वितरण गर्न प्रदेश सांसद शाह, नगरप्रमुख पुन, जिल्ला समन्वय समिति सदस्य आशा वली, नेकपा नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना, सचिव गञ्जमान वुढा लगाएतको टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित