सल्यान २०, भदौँ ।
सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखराका एक स्थानियमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार आएको पिसिआर रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । गत फागुन देखी घरमा बसेका ती पुरुषमा कोरोना पोजिटिभ देखिएको वडाअध्यक्ष लिलाधर घर्तीले जानकारी दिनुभयो ।
कोरोना पोजिटिभ देखिएका ती पुरुषलाई भोटेचौर आइसोलेसनमा राखिएको छ । उनको अबस्था सामान्य भएको वडाअध्यक्ष घर्तीले जानकारी दिनुभयो । स्थानिय नागरिकमा नै कोरोना संक्रमण भेटिएकाले कन्ट्याक टे«सिङ सँगै अब के गर्ने भन्ने बिषयमा छलफल भैरहेको उहाँले जानकारी दिनुभयो ।