पार्टीले दिएको जिम्मेवारीलाई कुशतलापूर्वक पुरा गर्न ज्वालाको निर्देशन

नेकपा शारदा नगर कमिटीको सपथ ग्रहण

सल्यान २०, भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यान शारदा नगर कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनीवार ८१ सदस्यीय नगर कमिटीले पुर्णता पाउनुका साथै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश कमिटी सह इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सो अबशरमा बोल्दै ज्वालाले अब पुरानो तरिकाले पार्टी सञ्चालन गर्न नसकिने बताउनुभएको छ । पुरानो तौरतरिका र ढाँचाले पार्टी सञ्चालन हुन नसक्ने बताउदै उहाँले पार्टीको सबै शक्ति एक ढिक्का भएर नयाँ तरिकाले सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । साथै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई कुशतलापूर्वक पुरा गर्न निर्देशन पनि दिनुभएको छ ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला सह इन्चार्ज गुलाब जङ्ग शाह, नेकपा जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुन, सचिव कर्ण बहादुर बुढाथोकी, जिल्ला कमिटी सदस्यहरु रमेश कुमार गौतम, कल्पना सेजवाल, दामोदर शर्मा, हिमाल यात्री, मनोज सिंह लगाएतकाले बोल्नुभएको थियो ।

पार्टीका नगर कमिटी अध्यक्ष नविन सिंह भडेँलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यौवन प्रकाश श्रेष्ठले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस