सल्ली–चौरजहारी सडकखण्डको नाथेखोलामा निर्माणाधिन पक्की पुलले पूर्णता पाउदैँ

सल्यान २१, भदौँ ।
सल्ली–चौरजहारी सडकखण्ड अन्र्तगत सल्यानको पश्चिमी क्षेत्र नाथेखोलामा निर्माणाधिन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । जग्गा मुआव्जा विवादले थिलाथिला परेको उक्त पुलको निर्माण कार्य अब भने अन्तिम चरणमा पुगेको हो । हरिहर कन्ट्रक्सनले २०७४ पौष मसान्तमा सम्पन्न गर्ने भनि दाङ डिभिजन कार्यालय मार्फत ठेक्का पाएको थियोे । सुरु हँुदै गर्दा पुल निर्माण कार्यको निम्ति जग्गाको मुआव्जा विवाद सुरु भएपछि काम स्थगित हुँदै सुरु हँुदै गर्दा ४ वर्ष पछि पुलको कामले पुर्णता पाउन लागेको हो ।

करिव ४ करोड १७ लाख लागतमा ठेक्का सम्झौता भएको थियो । जग्गा विवादले गर्दा समयमा नै पुल निर्माण कार्य पुरा गर्न नसकेको ठेकेदार हरि वहादुर रावतको दुखेसो छ । पुल विवाद समाधानका लागि नगरपालिका, निर्माणाधिन पुल स्थल, जिल्ला प्रशासन कार्यालयमा पटक पटक छलफल भएपनि अझै समाधान हुन सकेको छैन् । मुआव्जाको लागि आएको ४६ हजार जग्गा धनिले नबुझे पछि झन विवाद मच्चिएको छ । अहिले प्रहरी प्रशासनको सहयोगमा पुल निर्माण कार्य भैरहेको छ । पिडित परिवार भने क्षतीपूर्तीको माग गर्दै प्रहरी प्रशासन देखी अदालत सम्म धाउन थालेको छ ।

उक्त पुलको काम अघि वढाउनका लागी संघीय सांसद टेकबहादुर वस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद गुलावजंग शाह, नगर प्रमुख गोविन्द कुमार पुन, वडाअध्यक्ष कमल विक, ईलाका प्रहरी कार्यालय सल्लिका इन्चार्ज मिनवहादुर खड्काको भुमिका प्रति स्थानीयले खुसी जनाएका छन् । पुल नहुदा नागरिकले सास्ती व्यहोर्नु परेको थियोे । भदौको पहिलो हप्ता आएको वाढीमा परि पुल निर्माण कार्यमा संलग्न १ जना अझै वेपता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस