सल्यान २२, भदौँ ।
सल्यानमा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार अन्र्तगत रहने गरी जिल्लाको सदरमुकाम खलंगामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरिएको हो । कार्यालयको आईतवार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको छ ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री ज्वालाले प्रदेश लेखा नियन्त्रक कार्यालय अन्र्तगत पर्ने प्रदेश लेखा इकाई कार्यालय सल्यान प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने जिम्मेवार निकाय भएको बताउनुभएको छ । उहाँले कर्णाली प्रदेशको सुर्खेत जिल्ला बाहेक सल्यान सहितका अरु ९ वटैँ जिल्लामा कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।
प्रकाश ज्वाला आवाज
मन्त्री ज्वालाले कर्णाली प्रदेश सरकारको लेखा व्यवस्था, खर्च प्रणाली र आन्तरिक लेखापरीक्षणलाई व्यवस्थित गर्ने उद्धेश्यले प्रदेश लेखा इकाई कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । सल्यानमा ८ वटा प्रदेश सरकारको कार्यालय र जिल्लाका १० स्थानीय तहलाई प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकम समेत प्रदान गर्ने जिम्मेवारीसहित कार्यालय स्थापना गरिएको उहाँको भनाई छ ।
प्रकाश ज्वाला आवाज
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सांसद गुलावजंग शाहले सल्यानमा नै प्रदेश लेखा इकाई कार्यालय स्थापना हुनु सुःखद पक्ष भएको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको बित्तिय प्रर्णालीलाई पारदर्शी बनाउनुका साथै छिटो, छरितो र स्तरीय सेवा प्रवाहमा कार्यालय स्थापनाले थप मद्धत मिल्ने बताउनुभएको हो ।
गुलावजंग शाह आवाज
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, उपप्रमुख हरी प्रकाश बुढाथोकी, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुन, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ लगाएतकाले बोल्नुभएको थियो । यस कार्यालयले बजेट भुक्तानी सम्बन्धि बिशेष काम गर्ने इकाई प्रमुख तथा लेखा नियन्त्रक मोहन कुमार जैसवालले जानकारी दिनुभएको छ ।
इकाई कार्यालयका लागी ४ जना कर्मचारीको दरबन्दी रहेको छ । अहिले दरबन्दी अनुसारको नै कर्मचारी रहेको प्रदेश लेखा इकाई कार्यालय सल्यानले जनाएको छ ।