पत्रकारले निष्पक्ष ढंगले कलम चलाउनु पर्छ : प्रजिअ तामाङ

सल्यान २४, भदौँ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले पत्रकारले निष्पक्ष ढंगले कलम चलाउनु पर्ने बताउनुभएको छ । राज्यको चाथौँ अंगको रुपमा रहेका पत्रकारले सत्यतथ्य र निष्पक्ष ढंगले कलम चलाउदाँ समाजमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभएको हो । बुधबार जिल्ला प्रशासन कार्यालय सल्यानमा पत्रकारहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

भर्खरै प्रमुख जिल्ला अधिकारीकोे रुपमा सल्यानमा आउनुभएका तामाङले पत्रकारप्रति आमनागरिकको बिश्वास रहेको बताउदैँ सत्यतथ्य र निष्पक्ष ढंगले कलम चलाउदाँ यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभएको हो । ‘पत्रकार सधैँ सत्यताको पक्षमा हुनुपर्छ, समाजमा रहेका हरेक बिकृति र बिंगतीको भण्डारफोर गर्दै खवरदारी गर्नु आबश्यक हुन्छ, तपाईहरु बाट मैले पनि रचनात्मक सहयोगको अपेक्षा गरेको छु’ उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङले सल्यानको शान्तिसुरक्षालाई मजबुद बनाउनको लागी आफुले त्यस तर्फ काम गर्ने बताउनुभएको छ । साथै जिल्लामा रहदाँ सबै क्षेत्र सँग छलफल तथा समन्वय गरेर अगाडी बढ्ने उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित