बीपी कोइरालाको १ सय ७ औँ जन्म जयन्ती सल्यानमा पनि मनाईयो

सल्यान २५, भदौँ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १ सय ७ औँ जन्म जयन्ती बुधबार छलफल तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर सल्यानमा पनि मनाईएको छ । नेपाली काँग्रेस सल्यानको आयोजनामा पार्टी कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेस सल्यानका सभापती गणेश चन्द्रको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपसभापती निम बहादुर वलीले स्वागत मन्तब्य सँगै बीपीको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा पूर्व जिविस सभापती धुर्वराज पुरी, जिल्ला समन्वय समिती सदस्य केश बहादुर बिष्ट लगाएकाले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । उहाँको क्यान्सर रोगबाट २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस