सल्यान २७ भदौँ ।
सल्यान प्रदेशसभा क बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य गुलावजंग शाहले सिरचौर हुदैँ लेख जोड्ने सडकको उद्घाटन गर्नुभएको छ । शुक्रवार जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ को सिरचौर हुदैँ लेख जोड्ने मोटरबाटोको उद्घाटन गर्नुभएको हो । कर्णाली प्रदेश पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत गत आर्थिक बर्षमा रु. २० लाख रकमबाट सडक निर्माण गरिएको हो ।
सडक उद्घाटन गर्दै शाहले बिकासको पहिलो आधार सडक पूर्वाधार भएको बताउनुभएको छ । हरेक क्षेत्रको बिकास गर्दा सडक पूर्वाधार पहिलो प्राथामिकतामा आउने बताउदैँ उहाँले सडक निर्माणले पूर्वाधार बिकासको बाटो खोलेको बताउनुभएको छ । अब नागरिकका घण्टौँ हिडेर गन्तब्यमा पुग्नुपर्ने दिन समाप्त भएको बताउदैँ उहाँले गाउँमा आएको सडकको सही तरिकाले सदुपयोग गर्न सुझाव दिनुभयो । यस क्षेत्र कृषिमा अब्बल भएकोले आर्थिक समृद्धिका लागी कृषि क्रान्ति गर्न उहाँको सुझाव छ ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष खुमराज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, दिपेन्द्र प्रकाश डिसी लगाएतकाले बोल्नुभएको थियो ।
सो अबशरमा बोल्दै शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिला बहादुर रोकाले सिरचौर लेख सडक सञ्जालमा जोडिएसँगै आर्थिक उपार्जनका क्रियाकलापमा सरिक हुन स्थानियलाई आग्रह गर्नुभएको छ । टिमुर, सुन्तला, अदुवा लगाएत पशुपालनको हिसावले पनि यस क्षेत्र अब्बल भएको बताउदैँ उहाँले यस्ता खालका क्रियाकलाप सञ्चालन गर्दा आबश्यक पर्ने सहयोग गर्न वडा कार्यालय तयार भएको उहाँको भनाई छ ।