मन्त्री ज्वालाद्धारा बागचौर बृहत खानेपानी आयोजनाको भवन शिलान्यास

सल्यान २९, भदौँ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बागचौर बृहत खानेपानी आयोजनाको भवन शिलान्यास गर्नु भएको छ । सोमबार बिहान सल्यानको बागचौर नगरपालिका २ बागचौरमा बृहत खानेपानी आयोजनाको भवन शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्दै मन्त्री ज्वालाले खानेपानी आयोजनालाई दिगो हुने गरि काम गर्नु सुझाव दिनुभएको छ । पानी नागरिकको आधारभूत आबश्यकता भएको बताउदै उहाँले यसको दिगो हुने गरि काम गर्न सुझाव दिनुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्मा, खानेपानी उपभोक्ता समितीका अध्यक्ष ज्ञानेश्वर केसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य खड्क आचार्य लगाएतको सहभागिता रहेको थियो । रु. ३ करोड २६ लाखको डिपिआर भइ अहिले टेन्डर मार्फत काम भैरहेको छ ।


हाल सम्म पानी ट्यांकि निर्माण सहित करिब ५० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँले आगामी मंसिर महिना सम्म खानेपानीको सम्पूर्ण काम सम्पन्न गर्ने गरी काम भैरहेको जानकारी दिनुभयो । यस खानेपानी आयोजनाबाट बागचौर क्षेत्रका करिब १ हजार घरधुरी लाभान्वित हुने छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस