पुलै पुलको जिल्ला सल्यान : मन्त्री ज्वाला

मोखला-­दमाचौर सडक खण्डको शारदा नदिमा पर्ने मोटर पुल उद्घाटन

सल्यान ३०, भदौँ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यान जिल्ला पुलै पुलको जिल्ला भएको बताउनुभएको छ । पछिल्लो केही बर्ष यता जिल्लामा केन्द्र, प्रदेश र स्थानिय सरकारले धमाधम रुपमा गाडी सञ्चालनका लागी पुल निर्माण गरिरहेकाले सल्यान जिल्ला पुलै पुलको जिल्ला भएको बताउनुभएको हो । उहाँका अनुसार जिल्लामा पछिल्लो केही बर्ष यता २ दर्जन बढी पक्की पुल निर्माण गरिएको छ ।

सोमबार सल्यानको सिद्ध कुमाख गाउपालिका वडा नम्बर १ मोखला स्थित मोखला­दमाचौर सडक खण्ड अन्र्तगत शारदा नदिमा पर्ने मोटर पुल उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री ज्वालाले भन्नुभयो जिल्लामा पुल निर्माण कार्यले तिव्रता पाएको छ, बिगतमा राप्ती लोकमार्ग सँगै अन्य सडक खण्डहरुमा पुल नहुदाँ नागरिकलाई सास्ती हुने गरेको थियो । पछिल्लो समय जिल्लामा धमाधम रुपमा पुल निर्माण भैरहेका छन् ।

मन्त्री ज्वालाले अहिले पनि जिल्लाभर आधा दर्जन पुल निर्माणाधिन अबस्थामा रहेको बताउनुभयो । खोलामा पुल नभएपछि नागरिकले सास्ती भएका भन्ने अब सुन्नु पर्दैन्, केही पुल निर्माणको चरणमा रहेका छन्, केही ठाँउमा पुल आबश्यक छन्, ती ठाँउमा पनि अबको केही बर्षमा निर्माण सम्पन्न हुन्छन् उहाँले भन्नुभयो अब सरकारको ध्यान सडकको स्तरोन्नतीमा केन्द्रित हुन्छ ।


कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले नागरिकको आबश्यकताका आधारमा जिल्लाभर पुल निर्माण गरिएको बताउनुभएको छ । पुल निर्माण भएपछि पुलको सहि सदुपयोग गर्नु पर्नेमा जोड दिदैँ उहाँले विकास क्रमिक रुपमा हुने भएकाले विकास हुदैन कि भनेर निराश नहुन आग्रह गर्नुभयो ।

सौलुङ/यति विल्डर्स जेभि सातदोबाटो ललितपुरका अध्यक्ष भिमराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छत्रेश्वरी गाउ कमिटी अध्यक्ष ओज बहादुर बुढाथोकी, सिद्ध कुमाख गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर बस्नेत, बागचौर नगरपालिका १० का वडा अध्यक्ष कृष्ण कुमार खड्का, छत्रेश्वरी गाउपालिका २ का वडा अध्यक्ष प्रेम बहादुर खड्का, शारदा नगरपालिका १३ का वडा अध्यक्ष तुलसी राम रावत, छत्रेश्वरी गाउपालिका ५ का वडा अध्यक्ष लिलाधर घर्ती लगाएतकाले बोल्नुभएको थियो ।

रु. कुल ३ करोड ८० लाखको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो । पक्की पुलको लम्बाइ ३५ मिटर रहेको छ । यहाँ पुल निर्माण सम्पन्न भएसंगै सिद्ध कुमाख गाउपालिका, बागचौर नगरपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउपालिका संगै प्रदेश ५ को रोल्पा जिल्लाका नागरिक समेत प्रत्यक्ष लाभान्वित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस