सल्यान ३०, भदौँ ।
सल्यानका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरजहारी नगरपालिका, पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा जिल्ला थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा बन्गाड कुपिण्डे नगरपालिकाका ३३ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य संयोजक बासुदेव पोख्रेलले जानकारी दिनुभयो । भारतको नासिकबाट घर फर्केर बनगाड क्याम्पस बनगाडको क्वारेन्टाइनमा वसेका ५६ जनाको कोरोना चेकजाँच गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको उहाँको भनाई छ । उनीहरुलाई नगरको आइसोलेसनमा राखिएको छ ।
यस्तै जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । भारतको गुजरातबाट आएका उक्त व्यक्ति होम क्वारेनटाइनमा बस्दै आइरहेका थिए ।
यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुगेको छ । जसमा ३ सय जना निको भएर घर फर्कि सकेका छन् । बाँकी ४० जना संक्रिय संक्रमित आइसोेलेसनमा रहेका छन् ।