सल्यान ३१, भदौँ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर १ ले संगठन विस्तारलाई तिव्रता दिएको छ । अहिले वडाका बिभिन्न टोलहरुमा टोल कमिटी गठन कार्यलाई तिव्रता दिएको वडा कमिटीले जनाएको छ । यसैक्रममा छत्रेश्वरी गाउपालिका वडा नम्बर १ अन्र्तगत टोल नम्बर ४ काल्चेमा झक्कु केसी अध्यक्ष र मोहन बिक सचिव रहेको २१ सदस्यीय नेकपा टोल कमिटी गठन गरिएको छ ।
यस्तै डम्बर घर्ती संयोजक र दिपक केसी सहसंयोजक रहेको ३७ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल टोल कमिटी गठन गरिएको छ । झक्कु केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा छत्रेश्वरी गाउ कमिटीका सचिब प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य चित्र बहादुर केसी, हिमाल यात्री, प्रदेश परिषद सदस्य टोप बहादुर चन्द, १ नम्बर वडा कमिटी अध्यक्ष टिकाराम केसी, सचिव लेख बहादुर चन्द, गाउ कमिटी सदस्य रेशम कुमार अधिकारी, खड्क शाही, सुरेन्द चन्द, नेत्र बहादुर चन्द, सुवास बिक, देवराज घर्ती, इश्वरी केसी लगाएतले बोल्नभएको थियो ।
कार्यक्रममा जेष्ठ कम्यूनिष्ट नेता पोखरराम घर्तीलाई सम्मान गरिएको थियो भने घाइते जनमुक्ति सेना खुमराज शर्मालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्थानिय तहको निर्वाचनमा राप्रपाबाट वडा सदस्यमा उम्मेदवार दिनुभएकी पुष्पा बस्नेत घर्ती र नेपाली काँग्रेसका टोप बहादुर बिकले पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नुभएको छ । मोहन बिकको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जीवन घर्तीले गर्नुभएको थियो ।