कोरोना सम्बन्धी सचेतना बढाउन प्रहरीको माइकिङ अभियान

सल्यान ३१, भदौँ ।
सल्यान पश्चिम क्षेत्रमा कोभिड १९ बाट बच्न वचाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ । ईलाका प्रहरी कार्यालय सल्लिवजारले गाडिमा दिनभर कोभिडबाट वच्ने र वचाउने उपाय बारे जनचेतनामूलक सुचना जारी गर्ने गरेको छ । सर्वसाधारण नागरिक र सबैमा मास्क लगाउन, सरसफाइमा ध्यान दिन र सामाजिक दुरि कायम राखि कामकाज गर्न, भिडभाड नगर्न अपिल गरेको छ ।

साथै कोरोना बाट बच्न स्वास्थ्य सावधानीका उपायहरु अपनाउन ईलाका इन्चार्ज मिनवहादुर खड्काले अनुरोध गर्नु भएको छ । कोरोनाबाट बच्नको लागि सावधानी अपनाउनु नै उत्तम उपाय भएकोले सबैले उच्च सतर्कता अपनाएर कामकाज गर्न प्रहरीको विशेष आग्रह रहेको छ । पछिल्लो समय सल्लिवजार पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस