सल्यानका थप ५ जनामा कोरोना संक्रमण पुष्टी

सल्यान २, असोज ।
सल्यानका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा बन्गाड कुपिण्डे नगरपालिकाका ४ जना र सिद्धकुमाख गाउपालिकाका १ जना सहित ५ जना रहेका छन् ।

जस अन्र्तगत बन्गाड कुपिण्डे नगरपालिका १ का १६ महिनाका एक पुरुष, वडा नम्बर ४ का ३४ र ६३ बर्षिय २ जना पुरुष र वडा नम्बर ५ का २६ बर्षिय १ जना महिला रहेका छन् । यस्तै सिद्ध कुमाख गाउपालिका वडा नम्बर १ का २३ बर्षिय महिला रहेका छन् । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४५ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुुभयो ।

जस मध्ये ३ सय जना संक्रमित निको भएर घर फर्किएका छन् । बाँकी ४५ जना संक्रिय संक्रमित आईसोलेसनमा रहेका छन् । जसमा बन्गाड आइसोलेनमा ३८ जना, लुहापिङ आईसोलेसनमा ५ जना र भोटचौर आइसोलेसनमा २ जना रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस