सल्यान २, असोज ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले विकास प्रतिका जनताका हरेक आकांक्षा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जनताले विकास र समृद्धि चाहेको बताउदैँ उहाँले जनताका विकास प्रतिका हरेक आकांक्षा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । शुक्रवार जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्कमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
भेटघाटका क्रममा कार्यकर्ताहरुले खानेपानी, मोटरबाटो लगाएतको असुबिधा भएको बताएका थिए । उनीहरुले सबै घरधुरीमा शुद्ध पानी पुग्ने गरी खानेपानी योजना निर्माण तथा बाह्र्रै महिना गाडी चल्ने मोटरबाटो निर्माणको लागी वजेट विनियोजन गरिदिन माग गरेका छन् । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले स्थानियले माग गरेका सबै विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
उहाँले हरेक क्षेत्रको विकास र समृद्धिको लागी सरकारले काम गरिरहेको पनि जानकारी दिनुभयो । सो अवशरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, राम खड्की, कल्पना सेजवाल, राजेश बिक, शारदा नगर कमिटी सचिव यौवन प्रकाश श्रेष्ठ लगाएत युवराज वली, धिरज रावत, रोम प्रकाश थापा, सुरेन्द्र कवर लगाएको सहभागिता रहेको थियो ।