पार्टीको बिधि र पद्धतिमा रहेर काम गर्नुहोस् : नेकपा प्रदेश सह-इन्चार्ज ज्वाला

सल्यान ४, असोज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह-इन्चार्ज प्रकाश ज्वालाले पार्टीको बिधि र पद्धतिमा रहन सबै कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । पार्टी हित विपरीत कार्य गर्न कसैलाई पनि छुट नभएको बताउदैँ उहाँले पार्टीको बिधि र पद्धतिमा रहेर काम गर्न निर्देशन दिनुभएको हो । आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानको सिद्ध कुमाख गाउपालिका वडा नम्बर ३ को सपथ ग्रहण कार्यक्रममा बोल्दै ज्वालाले यस्तो बताउनुभएको हो ।
पार्टीको आफ्नै बिधि, बिधान र पद्धति रहेको भन्दै उहाँले भन्नुभयो “नेकपा हामी सबैको साझा पार्टी हो, हामीले पार्टीको हितको लागि काम गर्नुपर्छ ।” सल्यान प्रदेश सभा ‘ख’ बाट निर्वाचित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका ज्वालाले सरकारले गरेका हरेक कामहरुको जनतामाझ पुर्याउन आबश्यक रहेको बताउनुभयो । यसले सरकार र पार्टीलाई बलियो बनाउन थप मद्धत मिल्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । यस्तै नेकपा केन्द्रिय सदस्य तथा सल्यान जिल्ला सह-इन्चार्ज गुलावजंग शाहले सरकार र पार्टी प्रति जनताको बिश्वास बढेको भन्दै यसलाई जोगाइ राख्न एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
यस्तै नेकपा गाउ कमिटी अध्यक्ष जित बहादुर चलाउने, सचीव राम बहादुर बस्नेत, नेकपा प्रदेश परिषद सदस्य तथा सिद्ध कुमाख गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउने, नेकपाका जिल्ला कमिटी सदस्य कुल बहादुर गिरी, पुस्पा कुमारी बोहरा लगाएतकाले बोल्नुभएको थियो ।
वडा कमिटी अध्यक्ष बालकृष्ण रोकायको अध्यक्षता भएको कार्यक्रममा नेकपाका कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस