टाकुरामा ट्यांकी निर्माण शुरु : थप ९ सय घरधुरीलाई खानेपानी वितरण गरिने

सल्यान ५, असोज ।

सल्यानमा सञ्चालित बृहत खानेपानी आयोजना थप बिस्तार गरिने भएको छ । पानीको अभावमा काकाकुल बनेको जिल्लाको सदरमुकाम खलंगामा लिफ्ट प्रबिधि मार्फत खानेपानी आयोजना सञ्चालन भएपछि अहिले खानेपानीको समस्या हल भएको छ । खलंगा शितलपाटी खानेपानी आयोजना अन्र्तगत शारदा नदि किनाराको पानी लिफ्ट प्रबिधि मार्फत खलंगा तानेपछि स्थानियलाई सहजता भएको छ ।

 

अहिले खलंगा क्षेत्र तथा श्रीनगर क्षेत्रमा खानेपानी वितरण भैरहेको छ । बर्षौ देखी खानेपानीको समस्या भोग्दै आएका स्थानियहरु अहिले खुसी भएका छन् । खलंगा शितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष केवश बहादुर बुढाथोकीले यस खानेपानीलाई थप घरधुरीमा बिस्तार गर्ने गरी तयारी भैरहेको जानकारी दिनुभयो ।

 

श्रीनगर बजार आसपासको क्षेत्रलाई समेटेर करिब ९ सय थप घरधुरीलाई शुद्ध पिउने पानीको पहुँच पु¥याउने लक्ष्य सहित काम भैरहेको उहाँको भनाई छ । ‘बिगतमा खानेपानीको निकैँ समस्या थियो, अहिले त्यो समस्या हल भएको छ, हामी सँग अहिले प्रशस्त मात्रामा पानी छ, करिब ९ सय घरधुरीलाई फेरी पानीको धारा वितरण गर्ने लक्ष्य सहित हामीहरुले काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।

 

खानेपानीलाई बिस्तार गर्नको लागी शारदा नगरपालिका २ टाकुरामा खानेपानी ट्यांकी निर्माण भैरहेको छ । कर्णाली प्रदेश सरकारको वजेट मार्फत २ लाख ५० हजार लिटर क्षमता भएको पानी ट्यांकी निर्माण भैरहेको हो । भ्याट सहित ५२ लाख रुपैँयामा पिएम कन्ट्रक्सनले कामको जिम्मा लिएको छ ।

 

पुस मसान्त सम्म काम सम्पन्न गर्ने गरी पानी ट्यांकी तथा सभाहल निर्माणको काम भैरहेको कन्ट्रक्सनका पुर्ण भण्डारीले जानकारी दिनुभयो । तोकिएको समयमा नै काम सम्पन्न गर्ने गरी तिव्र गतिमा काम भैरहेको उहाँको भनाई छ ।

 

कोरोना रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण शुरुमा कामले तिव्रता पाउन नसकेको बताउदैँ उहाँले गुणस्तरीय काम सम्झौतामा उल्लेख भएको मिती अनुसार नै सम्पन्न गर्ने गरी काम भैरहेको जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस