विदेश जान राहदानी बनाउनेको चाप सल्यानमा धेरै

सल्यान ५, असोज ।
सल्यानमा बिभिन्न परियोजनका लागी विदेश जान राहदानी बनाउनेको संख्या बढेको छ । बिगतका बर्षहरुको तुलनामा जिल्लामा बर्षेनी बिभिन्न प्रयोजनका लागी विदेश जान राहदानीको लागी आवेदन दिनेको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

वैदेशिक रोजगारी तथा अध्ययन लगाएतका लागी राहदानी बनाउनेहरुको संख्या बढेको जिल्ला प्रशासन कार्यालय सल्यानका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो । उहाँले सबै भन्दा धेरै वैदेशिक रोजगारीमा जानेहरुले राहदानी बनाउने गरेको जानकारी दिनुभयो । पछिल्लो समय राहदानी बनाउनेमा महिलाको संख्या पनि उल्लेख्य बढेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक बर्ष २०७६/०७७ मा मात्रै २ हजार ७ सय ५३ जनाले राहदानीका लागी सिफारिस लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट नै २ हजार ५९ र द्रुत सेवाबाट ६ सय ९४ जनाले सिफारिस लिएका हुन् । सामान्यतया जिल्लामा राहदानी बनाउनेमा सबै भन्दा धेरै बैदेशिक रोजगारीमा जानेहरु नै रहेको उहाँले बताउनुभयो ।

ठूलठूला सपना बोकेर रोजगारका लागि विदेश जान राहदानी बनाउनेहरुमा प्रायः जसो १८ वर्षदेखि ३५ वर्षसम्म समूहका यूवाहरु रहेका छन् । पढाइ बीचमै छोडेर नागरिकता बनाउने वित्तिकै बैदेशिक रोजगारका लागि राहदानी बनाउने २० बर्ष उमेर वरिपरीका यूवाहरु रहेको उहाँले जानकारी दिनुभयो ।

थोरै पढाइ लेखाइ गरेर बेरोजगार बसेका अधिकाँश युवाहरु यहाँ रोजगारको अवसर नपाउँदा रोजगारको लागि विदेश पलायन हुने गरेका छन् । हरेक वर्ष सरकारले ल्याएका युवा लक्षित रोजगारका कार्यक्रम पनि कागजमै सीमित रहेकोले विदेशिनु पर्ने बाध्यता रहेको उनीहरुको गुणासो छ । जस कारण हरेक दिन क्षमतावान युवा बिदेशिन राहदानी बनाउने लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस