सल्यान ५, असोज ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले परिवर्तनका लागी पार्टी पंक्ति मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । आज सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा नगर कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सल्यान प्रदेश सभा ख बाट निर्वाचित कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ज्वालाले समृद्ध नेपाल निर्माण सँगै विकास र परिवर्तनका लागी पार्टी पंक्ति मिल्नुको विकल्प नरहेको बताउनुभएको हो । नगर कमिटीको दोस्रो पूर्ण बैठकले वडा स्तरीय कमिटी घोषणा गरेको छ ।
वडा कमिटी घोषणासँगै नगर कमिटीमा पठाउने १० जनालाई समेत सपथ खुवाएको छ । जसमा पुर्वमाओवादी केन्द्रबाट नगर कमिटीमा सिफारिस हुनेमा गणेश चन्द, धनवहादुर वस्नेत, नन्दलाल पुन, इन्द्रबहादुर वुढाथोकी, डिल्लीवहादुर खत्री र पुर्वएमालेबाट कमल वली, टेकेन्द्र विसी, घनवहादु पुन, हरिलाल विष्टर र ज्योती प्रकाश पुनलाई सिफारिस गरिएको छ ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज गुलावजंग शाह, नेकपाका प्रदेश कमिटी सदस्य तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, जिल्ला कमिटी अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्णवहादुर वुढाथोकी, प्रदेश परिषद सदस्य अकबर पुन, गणेश विसी, जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, रविराज शर्मा, धनवहादुर पुन, दिपक शर्मा, दिपक यरी, दुर्गा वुढाथोकी, विरवहादुर वुढा, चन्द्रिका पुन र आशा वली लगाएतकाले बोल्नुभएको थियो ।
नगर कमिटी अध्यक्ष कीर्तिवहादुर रानाको अध्यक्षतामा भएको वैठकको सञ्चालन सचिव गञ्जमान वुढाले गर्नुभएको थियोे ।