सल्यानमा हजुरको मास्क खै ? अभियान प्रभावकारी

मास्क नलगाएर हिड्ने १७७७ जनालाई कारवाही

सल्यान ६, असोज ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा सल्यान जिल्लामा पनि हजुरको मास्क खै ? अभियान सञ्चालन गरिएको छ । सरकारले लकडाउन हटाएपश्चात छोटो, मध्यम र लामो दुरीका यातायातका साधन सञ्चालन भएपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले नागरिकहरुलार्ई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ हजुरको मास्क खै ? अभियान सञ्चालन गरिएको हो ।

अहिले जिल्लामा हजुरको मास्क खै ? अभियान सँगै कोरोना भाइरसबाट बच्न मान्छेको भिडभाड हुने क्षेत्रहरुमा सचेतनामुलक जिंगल प्रशारण गर्न थालिएको छ । जिल्लाको सदरमुकाम खलंगा, श्रीनगर लगाएत नागरिकहरुको भिडभाड हुने क्षेत्रहरुमा मास्क खै अभियान सँगै सचेतनामुलक जिंगल प्रशारण गरेर आमनागरिकलाई सचेत बनाउने कार्य गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम भइ रहदा पनि मास्क नलगाई हिड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी सहायक निरीक्षक सन्दिप विकले जानकारी दिनुभयो । मास्क लगाउन आग्रह गर्दै माईकिङ गर्ने, मास्क नलगाएका व्यक्तिलाई सम्झाउने, बुझाउने तथा मास्क वितरण गर्ने लगाएतका कामहरु भैरहेको उहाँको भनाई छ ।

‘आममानिसहरु मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले यो अभियान थालिएको हो, नागरिकहरु आफै सचेत बन्नु पर्छ, भिडभाड गर्नु हुदैन्, बजारहरुमा निस्कदा मास्क अनिवार्य लगाउनु पर्दछ’ उहाँले भन्नुभयो ‘अहिले मास्क खै ? अभियान सकारात्मक र प्रभावकारी भएको महसुस भएको छ ।’

यस्तै लामो, मध्यम र छोटो दुरीका सवारीसाधन सञ्चालन हुन थालेकाले विशेष सर्तकता अपनाउन यात्रु, चालक तथा सहचालकहरुलाई निर्देशन दिईएको उहाँको भनाई छ । गाडी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्नुपर्ने, भौतिक दुरी कामय गर्दै एक पक्तिंको सिटमा १ जना मात्रै यात्रु राख्नुपर्ने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्दै मास्क, सेनिटाइजर र पन्जाको ब्यबस्था गर्न निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

यसैबिच सल्यानमा मास्क नलगाई हिड्नेहरुलाई कारबाही गर्दा एक लाख ७७ हजार बढी राजस्व संकलन भएको छ । गत असार २७ गते देखी हाल सम्म मास्क नलगाएर हिड्नेहरुलाई कारवाही गर्दा जिल्लाभर एक लाख ७७ हजार ७ सय रुपैँया राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस अबधिमा जिल्लाभर १ हजार ७ सय ७७ जना कारवाहीमा परेका छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आबश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस