दुर्गा बिसी,
सल्यान ७, असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष दिपवहादुर वस्नेत र सचिव अमृत पुन रहेको २५ सदस्य वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहण सँगै वडा कमिटीले पार्टी बिस्तार तथा सुदृढीकरणमा लाग्ने जनाएको छ ।
वडा कमिटी सदस्यहरु मा दोर्ण यरी, यानवहादुर विसी, सम्झना विष्ट, देविलाल वुढा, चित्रवहादुर साहु, मोहन विसी, अमृति पुन, मणिराम विक, रामकुमार माझी, निम प्रसाद वुढा, ईमान सिंह वुढा, पवित्र पुन, शंकर यरी, विरवल खत्री, अमृत विक, लक्ष्मी शाही, कृष्ण वुढा, डिल्ली वुढाक्षेत्री, झनवहादुर विक, वालाराम शर्मा, इन्द्र वुढा, खिमलाल विक र प्रेम पुन सहित २५ सदस्यीय समितीले पुर्णता पाएको हो ।
नेकपाको भावनात्मक एकताले पूर्णता पाउन सुरु भएदेखि आम कार्यकर्ता र शुभेच्छुकमा आशा पलाएको छ । सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर वस्नेतले पार्टीको आधार स्तम्भ जनता नै भएकोले जनताको हरपलमा साथ दिनुपर्ने बताउनुभएको छ । पार्टी कामकाजका गतिविधिलाई सुष्मा ढंगले अघि वढाउन उहाँको निर्देशन रहेको छ ।
कार्यक्रम नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, जिल्ला पार्टी सचिव कर्णवहादुर वुढाथोकी, प्रदेश सल्लाहकार परिषद सदस्य गणेश विसी, जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, धनवहादुर पुन, दिपक यरी, रविराज शर्मा, नेकपा नगर अध्यक्ष कीर्तिवहादुर राना र नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशका उपाध्यक्ष अकबर पुनले नवगठित कमिटीलाइ शुभकामना मन्तव्य दिनु भएको थियोे ।