वडाअध्यक्ष कै पारिश्रमिकबाट वडा कार्यालय र स्वास्थ्य संस्थाको लागी जग्गा खरिद

दुर्गा बिसी,
सल्यान ८ असोज ।
सल्यानका एक वडाअध्यक्षले आफुले पाउने पारिश्रमिकबाट वडा कार्यालय र स्वास्थ्य संस्था निर्माणको लागी जग्गा किन्नुभएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कुल बहादुर पुरीले आफुले पाउने पारिश्रमिक बाट वडा कार्यालय भवन र स्वास्थ्य संस्थाको भवन निर्माणका लागी जग्गा किन्नुभएको हो ।

भवन निर्माणका लागि चाहिने आवश्यक जग्गा नपाएपछि १ रोपनी जग्गा रु.३ लाखमा किनेर दुबै कार्यालयका नाममा नामसारी गरिदिएको वडाअध्यक्ष पुरीको भनाई छ । आफुले हाल सम्म वुझेको पारश्रमिक रकम भवन निर्माणका लागी जग्गा किनेको उहाँको भनाई छ । सल्लि वालुवासँग्रही सल्यान खलंगा सडक खण्डले छोएको उक्त जग्गा ३ व्यक्तिबाट खरिद गरेर वडा कार्यालय र स्वास्थ्यका नाममा नामसारी गरिदिएको उहाँले जानकारी दिनुभयो ।

आफ्नै कार्यकालमा वडा कार्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने उद्धेश्यले यो काम गरिएको उहाँको भनाई छ । जग्गा प्राप्त भएपछि अहिले भवन निर्माणको काम शुरु भएको छ । पुरीले स्वास्थ्य संस्थाको भवन निर्माणको लागी शिलन्यास समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस