स्थानियमा नै कोरोना देखिएपछि डाँडागाउ क्षेत्र १५ गते सम्म बन्द

सल्यान ८, असोज ।
सल्यानको सदरमुकाम खलंगामा पूर्ण सावधानी अपनाइएको छ । वन कार्यालयका कर्मचारी सहित स्थानियमा कोरोना संक्रमण पुष्टि भएपछि भोली शुक्रवार बिहान ६ वजे देखी १५ गते सम्म खलंगाको डाँडागाउँ क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको शारदा नगरपालिका २ का वडा अध्यक्ष केशवसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले बिहान ६ वजे देखी ९ वजे सम्म मात्रै खाद्यान्नका पसलहरु खुल्ने र कार्यालय देखी होटल ब्यबसाय सबै पूर्ण रुपमा बन्द गरिने जानकारी दिनुभयो । खलंगाको पुरानो बर्षपार्क, आयुर्बेद्धिक कार्यालय र काजीधारा बीचको डाँडागाउ क्षेत्रमा पूर्ण रुपमा साबधानी अपनाउदैँ बन्द गर्ने निर्णय भएको शारदा नगरपालिकाले जनाएको छ ।

यता डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारीमा कोरोना पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ । वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालय सहित तीन सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजनल प्रमुख रमेश कुमार गिरीले जानकारी दिनुभयो । संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सव डिभिजन वन कार्यालय शारदा नगरपालिका, बागचौर नगरापलिका र सिद्ध कुमाख गाउँपालिका सिल गरिएको उहाँको भनाई छ ।

जिल्लाको शारदा नगरपालिकाका एक जना स्वास्थ्यकर्मी, २ जना वन कार्यालयका कर्मचारी र १ जना स्थानिय सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस