सल्यान ९, असोज ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सपथग्रहण तिव्र रुपमा भैरहेको छ । नगरका वडा स्तरमा वडा कमिटीको टुंगो लागेसँगै सपथ ग्रहण कार्यक्रम तिव्र रुपमा भैरहेको छ । यसैक्रममा बिहिबार वडा नम्बर ५ कमिटीको सपथग्रहण सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष पिउपर खत्री र सचिव अर्जुन राना रहेको २५ सदस्य वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले बिगतका मनमुटाव हटाएर अगाडि बढन सबैलाई आग्रह गर्नुभयो । उहाँले अब सल्यान नेकपा पुर्ण एकता भएको यहि सन्देश लिएर जनता समक्ष जान सबैमा आग्रह गर्नुभयो । कम्युनिस्ट पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्ने उहाँको जोड छ ।
यस्तै पार्टीका जिल्ला सचिव कर्णवहादुर वुढाथोकीले कम्युनिस्ट पार्टीको संगठन बलियो हुनुपर्नेमा जोड दिदैँ जनतालाई कम्युनिस्ट पार्टीमा संगठित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना, नगर कमिटी सचिव गञ्जमान वुढा, प्रदेश परिषद सल्लाहकार समितिका सदस्य गणेश बिसी, जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, दिपक यरी, धनवहादुर पुन लगाएतको सहभागिता रहेको थियो ।