सल्यानको बागचौर नगरपालिकाका १४ जनामा कोरोना पुष्टि

सल्यान ९, असोज ।
सल्यानको बागचौर नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपक्षिं रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ६ जना महिला सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा बागचौर नगरपालिका वडा नम्बर ९ का ३ जना र वडा नम्बर १२ का ११ जनामा संक्रमण पुष्टि भएको हो ।

१ सय ५८ जनाको स्वाव संकलन गरेर पठाएकोमा १ सय ४८ जनाको पिसिआर परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य संयोजक हरि बहादुर कठायतले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित