सल्यान जिल्ला अस्पतालबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै सेवा बन्द

 

सल्यान १४, असोज ।
आज बुधबार देखी सल्यान जिल्ला अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । सल्यान जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आज देखी अर्को सुचना जारी नहुदाँ सम्मको लागी अस्पतालबाट प्रदान गरिने आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको हो ।

प्रदेश अस्पताल, पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा एक अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोनाको जोखिम न्यूनिकरण गरी स्वास्थ्य सेवा व्यवस्थापनको लागी सेवा बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. भिमकान्त जैसीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस