सल्यानमा प्रहरी, बैँकका कर्मचारी र स्थानिय सहित ९ जनामा कोरोना पुष्टि

सल्यान १४, असोज ।
सल्यानका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको शारदा नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको हो । केही दिनअघि स्वाव संकलन गरेर परिक्षणका लागी पठाएकोमा आज आएको रिपोर्ट अनुसार ९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा ५ जना क्वारेन्टाइनमा बसेका, २ जना नेपाल प्रहरी, १ जना बैँकका कर्मचारी र १ जना स्थानियमा संक्रमण पुष्टि भएको शारदा नगरपालिका कोरोना फोकल प्रसन रविन बिष्टले जानकारी दिनुभयो । संक्रमित सबैलाई आइसोलेनमा राख्ने तयारी भैहेको जानकारी उहाँले दिनुभयो ।

१ सय ४२ जनाको स्वाव संकलन गरेर परिक्षणका लागी पठाएकोमा अब झण्डै १० जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ४ सय ७ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित