राष्ट्रिय युवा संघ नेपाल सल्यानको इन्चार्जमा आचार्य, संयोजकमा भण्डारी र सह-संयोजकमा श्रेष्ठ

सल्यान १६, असोज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सल्यानको इन्चार्जको जिम्मेवारी खड्क आचार्यले पाउनु भएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहनुभएका आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको हो ।

कुमाख गाउँपालिका घर भएका आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाएपछि उहाँले पार्टी र संगठनले दिएको जिम्मेवारी सफलतापुर्वक पुरा गर्ने बताउनुभएको छ । सबै युवाहरुलाई युवा संघमा आबद्ध गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । उहाँले संगठनलाई सुदृढ गर्दै पार्टी र संगठनको हितमा काम गर्ने बताउनुभएको छ ।

यस्तै संगठनको जिल्ला संयोजकमा प्रकाश भण्डारी र सह संयोजकमा न्यूटन श्रेष्ठले जिम्मेवारी पाउनुभएको छ । तत्कालीन वाइसिएलका जिल्ला अध्यक्ष रहनुभएका भण्डारीले राष्ट्रिय युवा संघ सल्यानको संयोजकको जिम्मेवारी पाउनुभएको हो । यस्तै युवा संघका सचिवालय सदस्य रहनु भएका श्रेष्ठले जिल्ला सह संयोजकको जिम्मेवारी पाउनुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस