बाफुखोलाबाट रु. १६ करोडको आलु निकासी

सल्यान १९, असोज ।
सल्यानको बाफुखोलाका किसानहरुले आलुखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । आलुखेती गरेरै जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानहरुले वार्षिक करौडौँ रकम भित्र्याउँदै आइरहेका हुन् । आलुखेती गरेर बाफुखोलामा यस बर्ष एक घरले न्यूनतम १ लाखदेखि ७ लाखसम्म आम्दानी गरेका छन् ।

यहाँको वर्षभरिको घरखर्च टार्ने भनेको आलुखेती हो । आलुखेती गरेर नै यहाँका कृषकहरुले जीवनयापन गर्दै आएको किसान खिमलाल ओलीले बताउनुभयो । यस बर्ष आफुले आलु बिक्री गरेर ५ लाख रुपैँया आम्दानी गरेको उहाँको भनाई छ । उहाँले यस बर्ष आलु बिक्रीका लागी कुनै समस्या नभएको बताउनुभयो ।

२०४८ सालबाट बाफुखोलामा आलुखेती शुरु भएको किसानहरु बताउँछन् । बाफुखोलाका करिब ५ सय घरधुरीले व्यवसायीक रुपमा आलुखेती गर्दै आएका छन् । स्थानिय केशव वलीले आलुखेतीबाट नै जीवननिर्वाह गर्दै आएको बताउनुभयो । उहाँले यस बर्ष ४ लाख बढीको आलु उत्पादन भएको जानकारी दिनुभयो ।

लकडाउनका कारण भारतीय तरकारी आयात नभएकाले यस बर्ष स्थानिय उत्पादनले राम्रो बजार पाएको बागचौर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दिपक वलीले जानकारी दिनुभयो । उहाँले यस बर्ष बाफुखोलाबाट रु.१६ करोड बढीको आलु निर्यात भएको जानकारी दिनुभयो ।

‘विगतका बर्षहरुमा बाफुखोलामा ४५ रुपैँया प्रतिकिलोमा आलु बिक्री हुने गर्दथ्र्यो, यस बर्ष ५५ रुपैँया प्रतिकिलोमा आलु बिक्री भएको छ, कोरोना भाइरसको रोकथामको लागी सरकारले गरेको लकडाउनका कारण भारत लगाएत बाहिरको तरकारी आयात नहुदाँ स्थानिय उत्पादनले राम्रो वजार पाएको हो’ उहाँले भन्नुभयो ‘आलु बिक्रीमा कुनै समस्या भएन्, आलु खरिदका लागी व्यापारीहरु गाउँमा नै आए ।’

राप्तीलोक मार्गको खरिबोट हँुदै कोटवारा बाफुखोला र सल्यान–रुकुम सीमाना खौला हँुदै बाफुखोलासम्म सडक निर्माण भएकाले आलु निर्यातमा समस्या नभएको उहाँको भनाई छ । बाफुखोलाको आलुलाई सहज रुपमा निर्यात गर्नका लागी कृषि विकास कार्यालय सल्यानले गत आर्थिक बर्ष २०७६÷०७७ मा स्थानिय सडकको ग्रावेल गरेको थियो ।

कर्णाली प्रदेश सरकारको कृषि मन्त्रालय अन्र्तगतको रु. २३ लाख वजेटबाट बाफुखोला हुदैँ खौला जाड्ने सडकको करिव २ किमी बढी नाली सहित ग्रावेल गरिएको कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । किसानले उत्पादन गरेको बर्खे आलुलाई सहजै रुपमा निर्यात गर्नका लागी कृषि सडकको ग्रावेल गरिएको र यस बर्ष किसानलाई आलु निकासी गर्न कुनै समस्या नभएको उहाँको भनाई छ ।

यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगाएतका शहरमा निर्यात हुदैँ आएको छ । बाफुखोलाका ८० प्रतिशत स्थानियले आलु खेती गर्ने गरेको भएपनि आलुको अनुसन्धान केन्द्र र चिस्यान केन्द्र स्थापना नहुदाँ समस्या हुुने गरेको किसानको गुणासो छ ।

 

 

प्रतिक्रिया दिनुहोस