सल्यान जिल्ला अस्पतालले आज देखी नियमित सेवा पुनः सुचारु गर्दै

सल्यान २१, असोज ।
सल्यान जिल्ला अस्पतालले आज देखी ओपिडि सेवा सुचारु गर्ने भएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि गत असोज १४ गते देखी बन्द सम्पूर्ण सेवाहरु आज देखी सुचारु गर्ने भएको हो । गत असोज १३ गते अस्पतालले एक बिज्ञप्ती जारी गरेर आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको थियो ।

अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई आज देखी नियमित गरिने अस्पतालका डा. प्रदिप शर्माले जानकारी दिनुभयो । उहाँले अस्पतालमा आउने बिरामी र बिरामीका मान्छेले मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने र साबुनपानीले हात धुनु पर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस