सल्यान २१, असोज ।
इन्सेक सल्यानको आयोजनामा जिल्लाको पश्चिमी क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, आवास र खाद्यका समस्याका विषयमा व्यापक छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकामा भएको उक्त कार्यक्रम विशेष त शिक्षाको विषयमा व्यापक गुणासो उठेको छ । विद्यालयहरु कोरोना भाइरसका कारण सञ्चालन नहुदा वालवालिकाको पढाइ अस्तव्यस्त भएको तर्फ सम्बन्धि निकायले चासो नदिएको सहभागीहरुको गुणासो छ ।
हाल कोभिड १९ का कारण अझै नगरका विभिन्न स्थानमा रहेका विद्यालयहरु क्वारेन्टाइन र आइसुलेसन भएकोले तत्काल विद्यालय सञ्चालन हुने अवस्था नरहेको जनाएको छ । तर अभिभावक र विद्यार्थीले वैकल्पिक विधि अपनाउन आग्रह गरेका छन् । साथै बिशेष कार्ययोजना वनाउन र क्वारेन्टाइन तथा आइसोलेसनको विकल्प खोज्न विद्यार्थीले जोडदार माग गरेका छन् ।
साथै उक्त कुराहरु तत्काल अघि वढाउनको लागि मानवअधिकार रक्षक समुहको तर्फबाट नगर उपप्रमुख मञ्जु यरीलाइ ध्यानाकर्षण पत्र पेश गरिएको छ । शिक्षा र स्वास्थ्य लगाएका कुरामा विशेष जोड दिनका निम्ति समुहको पहलमा ठिक १ वर्ष पहिले १६ वुदे ज्ञापनपत्र नगर प्रमुख गोविन्द कुमार पुनलाई वुझाएको थियोे । बजारमा कालोवजारी, व्यापक मुल्य वृद्धि लगाएतका कुरामा अनुगमन थाल्न समेत माग गरिएको छ ।
बिबिध विषयमा गरिएको वृहत् छलफल तथा अन्र्तक्रियामा उपप्रमुख मञ्जु यरी, वडा अध्यक्ष शान्त कुमार यरी, मोमत रोका, महिला तथा वालवालिका शाखाकि निरु शाही, न्यायिक समिति सल्लाहकार लक्ष्मी चन्द, शिक्षा शाखा प्रतिनिधि धुर्वा थापा, रेडक्रसका गणेश विसी, क्याम्पस प्रमुख गणेश चन्द, कृषि शाखाको तर्फबाट टीका जैसी, स्वास्थ्य शाखाकि सन्तोषी रावत, शिक्षक, विद्यार्थी, पत्रकार र इन्सेक प्रतिनिधि रामचन्द्र रेग्मी, मिना वुढाथोकीको उपस्थिति रहेको थियोे ।
विशेषत नागरिकका जनजिविकासँग जोडिएका शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोडदिन माग गरिएको छ ।