सल्यानका किसानहरु धान भित्र्याउन ब्यस्त [ फोटो फिचर ]

सल्यान २२, असोज ।
सल्यानका अधिकांश ठाउँहरुमा असार महिनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । चाडपर्व नजिकिँदै गर्दा अहिले सल्यानका किसानहरु धान बाली काट्ने र झाट्ने चटारोमा छन् । देशमा कोरोना भाइरसको महामारी भइरहदा पनि सल्यानका किसानहरु अहिले आफ्नो बाली भित्र्याउने खेतहरुमा ब्यस्त हुन थालेका हुन् ।

सल्यानका तीन स्थानिय तह बागचौर नगरपालिका, शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाका विभिन्न ठाउँका खेतहरुमा किसानहरु धान बाली काट्ने र झाट्ने काममा ब्यस्त भैरहदा सल्यान टुडेका फोटोग्राफर बामदेव केसीले क्यामरामा बिभिन्न तस्वीरहरु कैद गर्नुभएको छ ।

हेर्नुहोस् क्यामरामा कैँद गरिएका १८ तस्बिरहरू  :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस